काठमाडौं। आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकारसँग वार्ता गर्नको लागि सात सदस्यीय समिति गठन गरेको छ । परिषद् अध्यक्ष गङ्गाराम तिवारीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको हो । समितिमा महासचिव शान्तिनाथ योगी, वरिष्ठ उपाध्यक्षद्वय प्रदिप श्रेष्ठ, लक्ष्मण भट्ट, उपाध्यक्ष रामप्रकाश कुमाई, उपमहासचिव प्रेमबहादुर खत्री र आन्दोलन परिचालन समितिका संयोजक बबनकुमार मिश्र रहेका छन् ।…