काठमाडौं । नेकपा एमालेको पोलिट ब्यूरोको बिहीबार बसेको दोस्रो बैठकले शुक्रबार (भोलि)देखि बस्ने केन्द्रीय कमिटी बैठकमा पेश गर्ने एजेण्डा बारे निर्णय गरेको छ । बैठकको निर्णय एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले सार्वजनिक गरेको हुन् । १० र ११ भदौमा पार्टीको केन्द्रीय कार्यालयमा हुने केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्नेगरी एक दर्जनभन्दा बढी एजेण्डा पोलिटब्यूरो…