आज भाइटीका, टीकाको साइत बिहान ११ः ३७ मा

काठमाडौं । कार्तिक शुक्लपक्ष द्वितीया, तिहारको पाँचौ दिन आज भाइटीका हो । दिदीबहिनीहरुले दाजुभाइको आयु, आरोग्य र सुस्वास्थ्यको कामना गर्दै सप्तरंगी टीका लगाइदिने पर्व तिहार नेपालीको दोस्रो ठूलो पर्व हो । आज भाइटीकाको साइत बिहान ११ः३७ मिनेटमा जुरेको छ । आजको दिन टीका लगाइदिने ब्यक्ति पूर्व र लगाउने व्यक्ति पश्चिम फर्केर टीका लगाउन सकिन्छ ।…