आइसिसी यू–१९ विश्वकप छनोटः नेपालले यूएईलाई दियो १९२ रनको लक्ष्य

काठमाडौं । कप्तान देव खनालको अर्धशतकमा नेपालले आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा युएईलाई विश्वकपमा पुग्न १ सय ९२ रनको मध्यम लक्ष्य दिएको छ । अजमानको इडन ग्रार्डेन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा अलआउट हुदै १ सय ९१ रन बनायो । नेपालका कप्तान देव खनालले ८४ बलमा ५१ रनको…