काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक सय ४० शय्याको ‘सुरेश वाग्ले क्यान्सर सेन्टर ’निर्माण भएको छ । क्यान्सरबाट पीडित बिरामीलाई विशिष्टीकृत सेवा प्रदान गर्ने उद्देश्यले रु ५५ करोडको लागतमा सेन्टर निर्माण गरिएको हो । उक्त सेन्टरको चाँडै शुभारम्भ गरिने जनाइएको छ । नयाँ सेन्टरबाट २५ शय्याको क्यान्सर वार्ड, २० शय्याको आइसीयू, ३० शय्याको एचडीयू,…