नागरिकता विधेयक फिर्ताबारे राष्ट्रपतिको सन्देश मंगलबार संसदमा जानकारी गराइने 

काठमाडौं । मंगलबार बस्ने प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता (पहिलाे संशाेधन) विधेयक २०७९ पुनर्विचारका लागि फिर्ता पठाइएकाे सन्देशसहितकाे राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराइने भएको छ ।  सोमबार संघीय संसद सचिवालयका सचिव गोपालनाथ योगीले निकालेको प्रतिनिधिसभा बैठककाे सम्भावित कार्यसूचीमा ‘प्रतिनिधि सभाको सचिवले सम्माननीय राष्ट्रपतिबाट पुनर्विचारका लागि नागरिकता विधेयक सन्देशसहित फिर्ता भएको सम्बन्धी राष्ट्रपतिको कार्यालयको पत्रको जानकारी गराउनु हुने’ भन्ने…