काठमाडौं । आगामी ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँटमा सत्तारुढ दलहरुबीच वर्तमान संसदको उपस्थितिलाई मुख्य आधार बनाउने समझदारी भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठकमा संसदमा दलहरुको संख्यालाई मुख्य आधार बनाउने समझदारी भएको माओवादी केन्द्रका नेता देव गुरुङले बताए । सिट बाँडफाँटका आधारबारे छलफल भएका…