काठमाडौं । नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा शीर्ष स्थानको चर्च ब्वाइज युनाईटेड बराबरीमा रोकिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार चर्च ब्वाइजले संकटा क्लबसँग गोलरहित बराबरी खेलेको हो । प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । खेलको इन्जुरी समयमा संकटाका मनिष डाँगी पेनाल्टीमा गोल गर्न चुकेका थिए । उनको…