राष्ट्रपति भण्डारी २९ गते घर सर्ने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन २९ गतेभित्र शीतलनिवास छोड्नुहुने भएको छ । फागुन २५ गते हुने निर्वाचनमार्फत नयाँ राष्ट्रपति आउने भएपछि राष्ट्रपति भण्डारी आफ्नो दोस्रो कार्यकाल पूरा गरेर राष्ट्रपतिको सरकारी कार्यालय छोड्न लाग्नुभएको हो । उनी बूढानीलकण्ठ नगरपालिका–२ मा आफैंले बनाएको घरमा सर्ने राष्ट्रपति भण्डारीको सचिवालयले जनाएको छ । संविधानले फागुन २८ सम्म…