सूचनाको हकले मुलुकमा सुशासन कायम हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जति धेरै जनतामा सूचनाका हकको प्रत्याभूत गराइन्छ उति नै मुलुकमा सुशासन कायम हुने बताएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार दिउँसो राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन स्वीकार गर्दै यस्तो बताएका हुन् । सो अवसरमा प्रधानमन्त्रीले आफू दोस्रो पटक प्रधानमन्त्री भएपछि सूचनाका हक बारे केही महत्वपूर्ण योगदान गरेको स्मरण…