लन्डन । इङ्गल्याण्डका नर्सहरूले तलबको विषयलाई लिएर बुधबारदेखि दुई दिने हडताल सुरु गरेका छन् । नर्सहरूले बढ्दो मूल्यवृद्धिका कारण जीवनयापनको लागतको सङ्कटबाट प्रभावित बेलायती सार्वजनिक क्षेत्रका कामदारहरूको लहरमा सामेल हुँदै हडतालमा उत्रिएका हुन् । बुधबार सार्वजनिक गरिएको मुद्रास्फीतिबारे पछिल्लो वार्षिक तथ्याङ्कले देखाएअनुसार यो मुद्रास्फीति ऐतिहासिकरूपमा उच्च तहमा पुगेको छ । नोभेम्बरमा अघिल्लो महिना १०.७ प्रतिशत…