जिल्ला अदालत बाँकेका न्यायाधीश श्यामसुन्दर अधिकारी बर्खास्त

काठमाडौँ । न्याय परिषद्ले जिल्ला अदालत बाँकेका न्यायाधीश श्यामसुन्दर अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको छ । न्याय परिषद्‌को मंगलबार बसेको बैठकले अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । प्रवक्ता कार्कीका अनुसार न्यायाधीश अधिकारीको कार्यक्षमता अभाव भएको भन्दै परेको उजुरीमाथि छानबिन गर्दा फैसलामा गडबडी गरेको पाइएपछि सुनुवाइको मौका दिएर बर्खास्तको निर्णय गरेको…