साउदीमा भएको मैत्रीपूर्ण खेलमा रियादलाई हराउँदै पीएसजी बिजयी

विश्व विजेता कप्तान लियोनल मेस्सी र पोर्चुगिज कप्तान क्रिष्टियानो रोनाल्डोबीचको प्रतिस्पर्धामा मेस्सी बिजयी भएका छन् । गएराती साउदी अरबमा भएको रियाद सिजन टोली र पेरिस सेन्ट जर्मेन पीएसजीबीचको मैत्रीपूर्ण खेलमा फ्रान्सेली टोली पीएसजीले रियादलाई ५-४ गोल अन्तरले पराजित गरेको हो । दश खेलाडीमा सीमित रहेको पीएसजीका लागि लियोनल मेस्सी, किलियन एम्बाप्पे, सर्जियो रामोस, मार्किन्हस र…