काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा औपचारिक भ्रमणको लागि लेवनान प्रस्थान गरेका छन् । सात सदस्यीय टोलीसहित प्रधानसेनापति शर्मा आज लेवनान प्रस्थान गरेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआईपि कक्षमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाई गरेका थिए । प्रधानसेनापति शर्मा द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा विभिन्न युएन मिसनहरुको विविध पक्षहरु…