काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागको सिंहदरवारस्थित कार्यालयमा हावाहुरीका कारण रुखबाट हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु भएको छ । विभागमा सूचक पदमा कार्यरत २७ वर्षीय कर्मचारी विजय कार्कीकाे मृत्यु भएकाे हाे । जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार बुधवार साँझ ७:४५ बजे कार्यालय परिसरमा रुखको हाँगा खस्दा उनी गम्भीर घाइते भएका थिए । तत्काल उपचारका लागि…