सन्तनेता भट्टराईको स्मृतिमा आयोजित यज्ञमा प्रधानमन्त्री सहभागी

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सन्तनेता कृष्णप्रसाद भट्टराईको ९८ औँ जन्मोत्सवको अवसर पारेर आयोजित भागवत महापुराण यज्ञमा सहभागी भएका छन् । सोमबार ललितपुरको बाँडेगाउँस्थित सन्तनेता स्वर्गीय भट्टराईको निवासमा आयोजित सो महायज्ञमा प्रधानमन्त्री देउवा सहभागी भएका हुन् । त्यस अवसरमा उनले महायज्ञमा पूजापाठ गरी प्रसाद ग्रहण गरेका थिए भने सन्त नेता भट्टराईको…