काठमाडौं । चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रचार टोलीमाथि सत्ता गठबन्धनका कार्यकर्ताले आक्रमण गरेका छन्। लामिछानेको नेतृत्वमा कुरिनटारबाट नारायणगढतर्फ अघि बढेको टोलीमाथि फिस्लिङतर्फ गइरहेको गठबन्धनको चुनावी र्यालीबाट आक्रमण भएको सो पार्टीका नेता दीपक बोहराले बताए । उनका अनुसार चुनावी प्रचार टोली सवार गाडीमा तोडफोड गरिनुका…