काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को वार्षिक बोर्ड परीक्षाको परीक्षाफल भदौ १५ गतेभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ । गत जेठ १६ गतेदेखि २५ गतेसम्म लिइएको कक्षा १२ को वार्षिक बोर्ड परीक्षा १५ गतेभित्र सार्वजनिक गर्ने तयारी भइरहेकाे परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार…