काठमाडौं । नेपालका जुत्ताचप्पल व्यवसायीहरूको छाता सङ्गठन फुटवयर म्यानुफ्याक्चरर्स एशोसियशन अफ नेपालले भृकुटीमण्डपमा सधैँभर मेलाका रूपमा जुत्ताचप्पल बिक्री वितरण हुँदा औद्योगिक प्रदर्शनीमा आँच आएको बताएको छ । एशोसिएशनका अध्यक्ष नानीराज घिमिरेले एक विज्ञप्ति जारी गरी जुत्ता मेलाका नाममा बाह्रैमास जुत्ताचप्पल बिक्री वितरण गर्दा औद्योगिक प्रदर्शनीमा आँच आएको बताएका हुन् । “स्वदेशी जुत्ता प्रदर्शनीका नाममा भृकुटीमण्डपमा…