पल शाहकै कानुन व्यवसायीको आग्रहमा मुद्दाको सुनुवाई फेरि सर्‍यो 

काठमाडौं । नाबालिग बलात्काको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पल शाहको मुद्दामा आज सुनुवाई नहुने भएको छ । उच्च अदालत पोखरामा बिहीबारको लागि पेशी तोकिए पनि सुनुवाई स्थगित भएको हो । उच्च अदालतका न्यायाधीश ऋषि राजभण्डारी र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा पेशी तोकिएको थियो । शाहका कानुन व्यवसायीको निवेदनपछि सुनुवाई स्थगित गरिएको हो ।…