काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगको प्रस्ताव कामचलाउ भइसकेको सरकारले सदनमा पठाएको भन्दै आपत्ति जनाएको छ । आईतबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जसरी पनि अमुक व्यक्तिलाई निलम्बन गर्नैपर्ने नियतले यो सरकार लागेको बताए। 'यो ढंगले कुनै पनि मुद्दा झुन्ड्याउन…