गण्डकीका २१ पालिका प्रमुखः जो दोहोरिएर चुनाव लड्दा पराजित भए

पोखरा । गण्डकी प्रदेशका २१ पालिकामा दोहोरिन खोज्ने जनप्रतिनिधि पराजित भएका छन् । ८५ मध्ये ४२ पालिकामा प्रमुखले दोस्राे कार्यकालका लागि उम्मेद्वारी दिएका थिए भने १९ जना उपप्रमुखले दोहोर्‍याएर मनोनयन दिएका थिए । बाँकी २० जनाले प्रमुखमा चुनाव जितेका छन् भने एकजनाको मतगणना भइरहेको छ । गण्डकी गाउँपालिकाका अध्यक्ष होमबहादुर राना, गोरखा नगरपालिकाका मेयर राजनराज…