उदयपुर । उदयपुरमा प्रतिनिधिसभा प्रत्यक्षतर्फको मतगणना रोकिएको छ। प्रतिनिधि सभा प्रत्यक्षतर्फ मत रहेको मतपेटिकामा प्रदेश सभाका मतपत्र फेला परेपछि मतगणना रोकिएको हो। मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले प्रतिनिधि सभाको मतपत्र रहेको पेटिकामा प्रदेशसभाको मतपत्र फेला परेपछि मतगणना रोकिएको बताए। उनकाअनुसार साढे १० बजे सर्वपक्षीय बैठक राखिएको छ। उक्त बैठकमा छलफल गरेपछि मतगणना सुचारू गरिने उनले…