अनिष र बिन्द्राले जिते म्याराथनमा स्वर्ण पदक 

काठमाडौं । गण्डकी प्रदेशका धावक अनिष थापामगर र सशस्त्र प्रहरी बल एपिएफ धाविका बिन्द्रा धन्के श्रेष्ठले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको म्याराथनमा स्वर्ण पदक जितेका छन् ।  मंगलबार बिहान धावक अनिषले म्याराथनको निर्धारित दूरी २ घन्टा २२ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जिते । २ घन्टा २३ मिनेट १४ सेकेन्ड खर्चिएका त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतले…