स्थानीय तहको निर्वाचनः आज बेलुकीसम्ममा सबै जिल्लामा मतपत्र पुगिसक्ने

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आज बेलुकीसम्ममा सबै जिल्लामा मतपत्र पठाइसक्ने भएको छ । वैशाख ३० गते शुक्रबारका लागि आवश्यक पर्ने मतपत्र छपाईको काम हिजै सकिएको र आज बेलुकीसम्ममा पठाउने तयारी भएको निर्वाचन आयोगले जनाएको छ । आयोग प्रवक्ता शालीग्राम शर्मा पौडेलले आज बेलुकीसम्ममा सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने बताएका छन् ।मधेस…