काठमाडौं । स्थानीय तह निर्वाचनका लागि पाँच दलीय गठबन्धन गर्दा नेपाली कांग्रेसमा तीब्र असन्तुष्टि देखिएको छ । नेपाली कांग्रेसका स्थानिय तहका नेताहरूले राजीनामा दिनेदेखि कार्यकक्षमा तालाबन्दीसम्म गरेका छन् । ३० वैशाखमा हुन गईरहेको निर्वाचनका लागि पार्टीको विजय सुनिश्चित हुँदाहुँदै पनि गठबन्धनको नाममा अन्य दललाई नै भागवन्डामा पारिदिएको भन्दै कांग्रेसमा असन्तुष्टि बढेको हो । विशषतः नेकपा…