काठमाडौं । आज स्वास्थ्य बीमा दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘तपार्इंको स्वास्थ्य हाम्रो अठोट’ नाराका साथ आज छैटौँ स्वास्थ्य बीमा दिवस मनाइँदै छ । २०७२ मा कैलाली जिल्लाबाट सुरु भएको स्वास्थ्य बीमा देशैभर लागू भइसकेको छ । स्वास्थ्य बीमामा हालसम्म ५३ लाख ४ हजार २ सय ७० जनाले मात्रै बीमा गराएका छन् ।…