मतदान र मतपेटिका सङ्कलन दुवै काममा मौसमको अवरोध नहुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मतदानको दिन भोलि देशभरको मौसम सफा रहने बताएको छ । विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले मतदान प्रक्रिया प्रभावित हुने गरी वर्षा वा हिमपातको सम्भावना नरहेको बताएका हुन् । उनले तथ्याङ्कमा आधारित पूर्वानुमानलाई परिमार्जन गर्दै विभागले एक हप्तासम्मको यथार्थपरक पूर्वानुमान गरिरहेको र त्यहीअनुसार विशेष बुलेटिन जारी गर्नुका साथै नियमित…