चुनाव अनुगमनका लागि मानव अधिकार आयाेगद्वारा उच्चस्तरीय टाेली परिचालन

काठमाडौं । चुनावको मतदानका दिन अनुगमनका लागि राष्ट्रिय मानव अधिकार आयोगले देशैभर अनुगमन टोली खटाएको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्ति निकालेर काठमाडौं उपत्यका तथा उपत्यकाबाहिरका केही जिल्लाहरूमा अनुगमनका लागि आयोगका अध्यक्ष, सदस्य तथा पूर्वपदाधिकारी सम्मिलित उच्चस्तरीय अनुगमन टोलीसमेत बनाएको उल्लेख छ । यसअघि आयोगले विभिन्न जिल्लाहरूमा चुनावअघिको अनुगमन गरी प्राप्त तथ्यका अधारमा…