काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहका उम्मेदवार चयन प्रक्रिया तत्काल सक्नेगरी काम गर्न मातहतका समितिलाई निर्देशन दिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आज बसेको पूर्वस्थायी समिति र प्रदेश इञ्चार्जहरुको विस्तारित बैठकले उम्मेदवार छिटो चयन गर्ने र परिणाम देखिने गरी जनताबीच जाने निर्णय गरेको हो । शीर्ष नेतृत्वले गठबन्धनमा रहेका दलहरुबीचमा…