आइपीएल: कोलकत्ताको लगातार दोस्रो जित

पन्जाब किङ्सलाई ६ विकेटले हराउँदै कोलकत्ता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । शुक्रबार राति पन्जाबले दिएको १३८ रनको लक्ष्य कोलकत्ताले १४ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । कोलकत्ताको जितमा आन्द्रे रसेलले अविजित रहदै ७० रन बनाए । यस्तै कप्तान श्रेयस आयरले २६ र साम…