काठमाडौँ । निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकाको मेयरमा एमालेका उम्मेदवार केशव स्थापितलाई स्पष्टीकरण सोधेको छ । बिहीबार आयोगको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थापितलाई काठमाडौँका मेयरका अर्का प्रत्याशी बालेन साहबारे गरेको टिप्पणीबारे स्पष्टीकरण सोधेको हो । स्थापितको अभिव्यक्ति निर्वाचन आचारसंहिता २०७८ अनुकूल नभएको आयोगले जनाएको छ । प्रवक्ता पौडेलले भने, ‘नेपाल कम्युनिस्ट पार्टी एकीकृत…