रसुवा । ४६औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस रसुवामा पनि मनाइएको छ । नेपाली कांग्रेस रसुवाले सदरमुकाम धुन्चेमा अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाइएको हो । दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस रसुवाका नेता तथा अगुवा कार्यकर्ता सहभागी भएका थिए । कार्यक्रमलाई नेपाली कांग्रेस रसुवाका सभापति पेम्बाछिरिङ तामाङ, नेताहरू उपेन्द्र लम्साल, लामाकार्पु तामाङ, ओम आचार्य, बुचुङ…