काठमाडौैं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आन्दोलनरत न्यायाधीशलाई आफ्नो सम्मानजनक निकासको प्रस्ताव अघि सारेका छन् । सर्वोच्च अदालतका अरु न्यायाधीशको तर्फबाट छलफलका लागि गएका न्यायाधीशसमक्ष उनले सम्मानजनक निकासको प्रस्ताव गरेका हुन् । उनले सर्वोच्चमा आन्दोलन सुरु भएको १ हप्ता पुग्दा जबराले आफ्नो अडान फेरेका हुन् । आफू निकट न्यायाधीशमार्फत जबराले ‘सम्मानजनक बहिर्गमन’को प्रस्ताव अगाडि सारेका छन्…