कास्की । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले गण्डकी प्रदेशको उत्तरी सीमाना मुस्ताङबाट सञ्चालनमा आएको कोरला नाकाले गण्डकी प्रदेशको आर्थिक समृद्धिमा ठूलो सहयोग पुग्ने बताएका छन् । ‘लगानीको सम्वर्द्धन : उद्योग–व्यवसायको प्रवर्द्धन’ भन्ने आदर्श नारासहित पोखरा उद्योग वाणिज्य संघले यही १७ देखि २१ मङ्सिरसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सञ्चालनमा ल्याएको नेपाल मणिपाल अस्पताल ३४औँ…