एशिया कपमा श्रीलङ्काले बङ्गलादेशलाई हरायो

काठमाडौं । एशिया कप टी–२० क्रिकेटमा श्रीलङ्काले बङ्गलादेशलाई छ विकेटले हराएको छ । गएराति भएको खेलमा श्रीलङ्काले बङ्गलादेशलाई छ विकेटले पराजित गरेको हो । बङ्गलादेशले दिएको एक सय ४० रनको लक्ष्य पछ्याएको श्रीलङ्काले १४ ओभर चार बलमा चार विकेट गुमाएर भेटायो । श्रीलङ्काका पथुम निसानकाले ५० रन बनाएर अर्धशतकीय पारी खेले । यस्तै कामिल मिश्राले…