काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले केही तत्वहरू निर्वाचनको बिथोल्न सक्रिय भएको बताएका छन । आज (बिहिबार) जिल्ला समन्वय समिति भक्तपुरको कार्यलय अनुगमनको क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले यस्तो आरोप लगाएका हुन । गृहमन्त्री अर्यालले निर्वाचनको माहोल बिगार्न लाग्नेहरूलाई सरकारले सम्झाइबुझाइ गर्ने पनि बताए । सम्झाउँदा नमानेमा सरकारले आफ्नो ढंगबाट काम गर्ने बताएका छन ।…