काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘समुदायमा आधारित रोग निगरानी निर्देशिका, २०८२’ जारी गरेको छ । स्वास्थ्य मन्त्रालयले आज सार्वजनिक गरेको निर्देशिका मन्त्रीस्तरबाट २०८२ मङ्सिर १४ गते स्वीकृत भएको हो । निर्देशिका कार्यान्वयनले जलवायु परिवर्तन र नयाँ सङ्क्रामक रोगको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै समुदायस्तरमै रोगको शीघ्र पहिचान र नियन्त्रणका लागि महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको…