बुटवल । प्रहरीले रूपन्देहीमा लागुऔषध कारोबारीमाथि गोली चलाएको छ । रोहिणी गाउँपालिका–४ स्थित कोटहवामा प्रहरीले गएराति गोली चलाएको हो । जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्ण चन्दका अनुसार दुई भारतीय र एक नेपाली पक्राउ परेका छन् । उनका अनुसार पक्राउ पर्नेमा भारत महाराजगञ्ज, पर्सामालिक ग्राम बिसुनपुरवाका १८ वर्षीय अरूण कुमार र २० वर्षीय विनय पाण्डेय तथा…