काठमाडौं । साफ महिला क्लब च्याम्पियनशिप फुटबलको पहिलो संस्करण आउँदो डिसेम्बरमा हुने भएको छ । प्रतियोगिता डिसेम्बर ५ देखि २० सम्म नेपालमा आयोजना हुने दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले जनाएको छ । साफ महिला क्लब च्याम्पियनशिपमा नेपालसहित, भारत, भूटान, बङ्गलादेश र पाकिस्तानका क्लब सहभागी हुनेछन् । प्रतियोगितामा नेपालको एपीएफ, भारतको इस्ट बङ्गाल, भूटानको ट्रान्सपोर्ट…