काठमाडौं । त्रिभुवन विश्वविद्यालय सभा बैठकले आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा कीर्तिपुरमा बसेको बैठकमा उपकुलपति दीपक अर्यालले पेश गर्नुभएको नीति तथा कार्यक्रम पारित भएको हो । नीति तथा कार्यक्रममा विश्वविद्यालयको जग्गा जमिन संरक्षण गर्न तारबार र घेराबार गर्ने, अतिक्रमण गर्नेलाई सरकार र सरकारका…