काठमाडौं । रुपन्देहीमा जापानिज इन्सेफलाइटिस र डेंगुबाट दुई जनाको मृत्यु भएको छ । रुपन्देहीको स्वास्थ्य कार्यालयका अनुसार तिलोत्तमा नगरपालिकाका एक पुरुषको जापानिज इन्सेफ्लाइटिसका कारण मृत्यु भएको हो भने डेंगुका कारण नवलपरासी बर्दघाटका एक पुरुषको मृत्यु भएको हो । पछिल्लो समय रुपन्देहीमा लामखुट्टेबाट सर्ने जापानिज इन्सेफ्लाइटिस र डेङ्गु रोगको संक्रमण बढ्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् ।…