भारतले अमेरिकी दक्ष कामदार (एच-वान बी) भिसामा तोकिएको नयाँ एक लाख डलर शुल्कले मानवीय असर पार्ने चेतावनी दिएको छ । दक्ष कामदारका लागि दिइने भिसाको शुल्कले गम्भीर मानवीय असरहरू पार्न सक्ने भएकाले भारत सरकारले चेतावनी दिएको हो । भारतीय विदेशमन्त्री एस. जयशंकरको कार्यालयले हिजो निकालेको वक्तव्यमा यो निर्णयले ठुलो मानवीय संकट आउने प्रतिक्रिया दिएको छ…