जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत पाएका छन्। शुक्रबार बसेको प्रदेशसभा बैठकमा बहुमत प्रदेशसभा सदस्यहरूले यादवको पक्षमा मतदान गरेका थिए । मुख्यमन्त्री यादवको पक्षमा ६२ र विपक्षमा ३६ प्रदेशसभा सदस्यहरूले मतदान गरेका थिए। प्रदेशसभा बैठकमा १०० प्रदेशसभा सदस्यहरूको उपस्थिति रहेको थियो । एमालेलाई मधेस सरकारमा सामेल गराएपछि कांग्रेससँगै मुख्यमन्त्री यादवलाई एमाले, नेपाली…