बागलुङ । ढोरपाटन सिकार आरक्षअन्तर्गतको बुकीपाटन क्षेत्रमा प्लास्टिकजन्य फोहर बढ्दै गएपछि त्यसले प्राकृतिक सुन्दरता कुरुप बनाउने खतरा बढेको छ । पहिले गोठाला र वस्तुभाउ मात्र पुग्ने यो उच्च पहाडी क्षेत्र अहिले आन्तरिक तथा विदेशी पर्यटकको गन्तव्य बन्न थालेको छ । पर्यटकसँगै प्लास्टिकजन्य सामग्री फाल्ने प्रवृत्ति बढ्दा वनफूलले ढाकिने बुकीपाटन क्षेत्रमा अहिले चाउचाउ, बिस्कुटका खोल, बोतल…