काठमाडौं । शहरी विकास मन्त्रालयले ठूला आयोजनाको निगरानीका लागि ‘अनलाइन अनुगमन कक्ष’ सञ्चालनमा ल्याएको छ । प्राथमिकतायुक्त आयोजनाहरूको चाैबीसै घण्टा अनलाइनमार्फत अनुगमन गर्न सकिने कक्षको आज एक कार्यक्रमबीच उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले शुभारम्भ गरेका हुन् । कक्षबाट मन्त्रालयका कर्मचारीहरूले आयोजना प्रमुखसँग लाइभ कुराकानी र छलफल गर्न सक्नेछन् । शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री सिंहले…