पोखरा। इनड्राइभ एपमार्फत सेवा दिँदै आएका केही राइडरले यात्रुहरूसँग तयभन्दा बढी भाडा असुल गरेको पाइएपछि प्रहरीको कारबाहीमा परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीबाट परिचालित टोलीले सोमबार पोखराका विभिन्न स्थानहरूमा अनुगमनका क्रममा १५ जना राइडरलाई नियन्त्रणमा लिएको हो। ती सवारी चालकहरूले भाडा दरको मर्यादा नाघेर यात्रुहरूबाट बढी रकम लिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ। नियन्त्रणमा…