बाजुरा । बाजुरामा विषालु जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर बिरामी भएकी छन्। मृत्यु हुनेमा बडिमालिका नगरपालिका–७, ढम्कनेका ५१ वर्षीय रामे थापा हुन्। प्रहरीका अनुसार सोमबार दिउँसो करिब ४ बजे रामे थापा र उनकी श्रीमती ५० वर्षीया नामसरी थापाले जङ्गली च्याउ खाएपछि बिरामी भएका थिए । बिरामी दुवै जनालाई…