कश्मिरमा मारिएका सुदीपको त्रिवेणीमा अन्त्येष्टि

बुटवल । भारतको जम्मुकश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणमा मृत्यु भएका बुटवलका सुदीप न्यौपानेको त्रिवेणी घाटमा अन्त्येष्टि गरिएको छ । मंगलबार मारिएका सुदीपको आज रुपन्देहीको बुटवस्थित घर ल्याएर अन्त्येष्टि गरिएको हो । सुदीपलाई काका कपिलदेव न्यौपाने (कृष्ण)ले दागबत्ती दिएका छन् । बुटवल–११ कालिकानगरको मनकामना पथ घर भएका सुदीपको शव श्रीनगरबाट दिल्ली हुँदै लखनउसम्म हवाई मार्गबाट ल्याइएको…