काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेलको पहिलो हाफ गोलविहीन सकिएको छ । उपाधिका लागि भिडिरहेका नेपाल र म्यानमारले पहिलो हाफमा केही अवसर खेर फाल्दा खेलमा अग्रता बनाउन सकेनन् । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फाइनल खेलको सुरुदेखि नै दुवै टिमले आक्रामक खेल खेलिरहेका छन् । नेपाल, म्यानमार, कीर्गिस्तान र लेबनान गरी चार टोली सम्मिलित…