सुन तोलामा २३ सयले बढ्यो, चाँदीमा पनि वृद्धि

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २३ सय रुपैयाँले वृद्धि भएको हो । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि बिहिबार प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।…